काठमाडौं – पूर्व गृहसचिव तथा नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा पाएको तथा पदमा रहन जन्ममिति कीर्ते गरेको अभियोगमा उनीविरुद्ध गत मंसिरमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा तीन महिना पनि नपुग्दै उनले मुद्दाबाट सफाइ पाएका हुन् । अख्तियारले १५ साउन ०८० पछि उनले लिएको पारिश्रमिकबापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी गत २४ मंसिरमा मुद्दा दायर गरेको थियो ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिने फैसला गरेको हो ।
पदमा रहनकै लागि उनले जन्ममिति सच्याएको आयोगको अभियोग थियो । उनले २४ फागुन ०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट ०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक ०१६ साल भनी जन्ममिति उल्लेख गरेका थिए । तर, निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन ०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्ममिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन ०७३ मा अवकाश लिएका थिए ।
पछि उनी बिमा समितिको अध्यक्षमा नियुक्त भए । त्यतिवेला सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, ०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएका व्यक्ति अवकाश हुनुपर्ने व्यवस्था थियो । तर, १५ साउन ०८० मा अवकाश पाउनुपर्ने सिलवालले पछि भने आफ्नो जन्ममितिबारे फरक दाबी गरेका थिए । २४ कात्तिक ०१८ मा आफ्नो जन्ममिति रहेको दाबी गर्दै उनले ६५ वर्षपछि समेत पदमा बहाल रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend