Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाबाट आज एकै दिन ४ वटा विधेयक पारित


    आइतबार, फाल्गुन १८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय सभाबाट आज (आइतबार) एकै दिन चार वटा विधेयक पारित भएको छ ।

    आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो । अब यो विधेयक प्रतिनिधि सभामा छलफलका लागि जानेछ । ।

    त्यसैगरी भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् । यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् ।

    राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः पारित गरेको हो ।

    उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार