काठमाडौं – बैतडीमा गोली हानेर एक जनाको हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका-८ का २५ वर्षीय सुरेन्द्र विष्टको शनिबार बेलुका घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा गोली हानेर हत्या गरिएको हो ।
ढाडमा गोली लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बैडतीका प्रहरी प्रमुख तथा डीएसपी मकेन्द्र मिश्रले बताए । ‘होटलमा खाना खाइरहेकै बेला ढाडमा गोली हानिएको रहेछ । घाइतेको अवस्था निकै गम्भीर थियो । अस्पताल पु¥याउन नपाउँदै मृत्यु भयो’, डीएसपी मिश्रले भने ।
गोली प्रहारबाट सुरेन्द्रको मृत्यु भएसँगै प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा सोही ठाउँकै अन्दाजी ४५ वर्ष जतिका कर्ण विष्टले सुरेन्द्रमाथि गोली हानेको खुलेको डीएसपी मिश्रले बताए ।
सुरेन्द्रको हत्यामा पैसा लेनदेनको विषय जोडिएको डीएसपी मिश्रको भनाइ छ । उनका अनुसार सुरेन्द्रले दाइ नाता पर्ने कर्णलाई ४० हजार रुपैयाँ सापटी दिएका थिए । उक्त रकम फिर्ता गर्न उनले पटक पटक ताकेता गरेका थिए । तर रकम फिर्ता गरेपछि उनीहरुबीच विवाद समेत भएको थियो ।
सुरेन्द्रलाई खाना खाइरहेका बेला भरुवा बन्दुकबाट गोली हानेर उनी बन्दुक लिएर फरार भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend