Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, डीएसपी पौडेल घाइते


    आइतबार, फाल्गुन १८ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

    स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

    डीएसपी पौडेलको टाउको चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार