Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीको सामुदायिक वनमा एक महिला र एक पुरुष मृत भेटिए


    आइतबार, फाल्गुन १८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् ।

    आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी र अन्दाजी ३४ वर्षका कैदा राना मृत भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले २० मिटरको दुरीमा चौधरी र राना मृत अवस्थामा भेटिएको जानकारी दिए ।

    बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए । घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार