Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट


    आइतबार, फाल्गुन १८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (आइतबार) देखि बस्ने भएको छ ।

    ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुनेछ ।

    साथै पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ(आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्य रहेको छ । बैठक तीन दिन सम्म चल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार