भैरहवा – रुपन्देहीको मायादेवी-२ महदेवा (डङ्गचाहावाका) का २९ बर्षिय युवाको गोली हानी हत्या भएको छ । शुक्रबार राती घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो ।
रातीको बेला उनको शरीरमा गोली प्रहार भएको देखिन्छ , बिहान अवेरसम्म नउठेका उनलाई स्थानियले घरको बरन्डामा मृत अवस्थामा शव भेटिएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।
गोली हो वा कसरी मृत्यु भयो भन्ने खुलेको छैन घटनास्थलमा नेपाल प्रहरीको टोली अनुसन्धान गर्दैछ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । विहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उनले भने ।
शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणलेउन्को हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन । लोधको टाउँकोमा २ राउण्ड गोली चलाईएको स्थानीयले बताएका छन । स्थानियका अनुसार दाजुभाई विच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुन सक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend