काठमाडौँ – भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता रहेका छन् ।
शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।
अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको बताइएको छ साथै खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटना बारे एक्समा लेखेका छन्- ‘उत्तराखण्डको चमोलीमा हिमनदी फुटेको बारेमा मुख्यमन्त्री पुस्कर धामीसहित डिजी, आइटीबीपी र एनडीआरएफ डिजीसँग कुरा गरे । हाम्रो प्राथमिकता दुर्घटनामा फसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु हो । स्थानीय प्रशासन पूर्ण तयारीका साथ उद्धार कार्यमा जुटेको छ । दुई एनडीआरएफ टोलीहरू पनि चाँडै घटनास्थलमा पुग्दैछन् ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend