काठमाडौँ – भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता रहेका छन् ।
शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउने ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।
अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको बताइएको छ साथै खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटना बारे एक्समा लेखेका छन्- ‘उत्तराखण्डको चमोलीमा हिमनदी फुटेको बारेमा मुख्यमन्त्री पुस्कर धामीसहित डिजी, आइटीबीपी र एनडीआरएफ डिजीसँग कुरा गरे । हाम्रो प्राथमिकता दुर्घटनामा फसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु हो । स्थानीय प्रशासन पूर्ण तयारीका साथ उद्धार कार्यमा जुटेको छ । दुई एनडीआरएफ टोलीहरू पनि चाँडै घटनास्थलमा पुग्दैछन् ।’
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend