2017-photo(c)narayan maharjan
काठमाडौं – त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ ।
शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।
त्रिविले जारी गरेको १३ बुँदे निर्देशन
१. क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ । साथै विशेष आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सकिनेछ ।
२. संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढांचा लगायत आवश्यक फारमहरु क्याम्पसरकलेजको निर्वाचन समितिले तयार गर्नेछ ।
३. स्व।वि।यु।निर्वाचनमा प्रत्यक्ष तर्फ भागलिने ‘समूह’ भन्नाले मतदाता सुचीमा नाम भएका विद्यार्थीहरु मध्येबाट एकजना संयोजक सहित कम्तिमा ११ जना सदस्य रहेको ‘समूह’ बनाउनु पर्नेछ र उक्त समुहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्ने छ ।
४. क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत वा निर्वाचन समितिको सदस्य सचिव रहने व्यवस्थाको रूपमा स्पष्ट गरिएको छ । क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरु मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्नेछन् ।
५. क्याम्पस कलेजमा स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेष्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
६. क्याम्पसर कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
७. क्याम्पस कलेजमा स्नातक तह वार्षिक र समेस्टर प्रणाली अन्तर्गत दोस्रो, तेस्रो सेमेष्टर र वर्षमा भर्नाको सन्दर्भमा ५ दिन अगाडि सम्मको भर्ना तोकिएकोमा उक्त दिन सार्वजनिक विदा परेमा क्याम्पसर कलेज खुलेको दिनलाई बुझुनु पर्दछ ।
८. डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०५१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बीचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरु सोही वर्ष र सेमेष्टरका मतदाताको रुपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेष्टरको क्याम्पस परिचय पत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिनेछ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरुलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था रहनेछैन ।
९. त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धि निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधि सम्बन्धि व्यवस्थाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुंदा ९घ० आकर्षित हुनेछ ।
१०. त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यायको मंत्राधिकार कुनै एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाको लागि मात्र हुनेछ ।
११. वार्षिकर सेमेष्टर प्रणाली अन्तर्गत अन्तिम वर्ष सेमेष्टरमा यदि सैद्दान्तिक विषय नभएको अवस्थामा उक्त वार्षिकर सेमेष्टरको अवधि साधारणतया एक वर्ष र छ महिनाको हुने भएकोले अन्तिम वर्ष सेमेष्टर भन्नाले उक्त वर्ष सेमेष्टर भन्दा अघिल्लो वर्ष सेमेष्टरको परीक्षा सकिएको दिनदेखि एक वर्ष छ महिनाको अवधिसम्म मात्र मताधिकार रहने छ । एक वर्ष छ महिनाको समयाबधि पुगेका पुर्ण वा आंशिक तलबी इन्टर्नमा रहेका विद्यार्थीहरुको मताधिकार रहने छैन ।
१२. निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बर बुँदाको कार्यक्रम यथावत हुनेगरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्नेछ ।
१३. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दिन क्याम्पसर कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पुर्ण रुपमा निषेध गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend