काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप कर लगाउँदा दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले यस अघि आफ्नो कार्यकाल शुरु गर्ने बित्तिकै चीनमाथि १० प्रतिशत शुल्क लगाएका थिए । ट्रम्पको आदेशपछि चिनियाँ आयातमा पहिले नै १० प्रतिशत भन्सार लगाइएको थियो ।
ट्रम्पले बिहीबार चीन र मेक्सिकोमा २५ प्रतिशतसम्मको भन्सार लगाउन सक्ने बताएका छन् । यी बढेका करहरू मार्च ४ बाट लागू हुन सक्ने समेत बताइएको छ ।
यसबाहेक, चीनको विदेश मन्त्रालयले पनि उइघुर मुस्लिमहरूको बारेमा अमेरिकाको बयानलाई अस्वीकार गरेको छ । अमेरिकाले चीनले उइगर मुस्लिमहरूमाथि नरसंहार गरिरहेको बताएको थियो । यसको जवाफमा चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोप ुशताब्दीको सबैभन्दा ठूलो झूटु भएको बताएको छ ।
चीनको विदेश मन्त्रालयले राजनीतिज्ञहरूले सिनजियाङको बारेमा ‘झूट फैलाउन बन्द गर्नुपर्छ’ भनेको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend