काठमाडौं – उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्न लागेको विषयले कौतुहलता बनाएको छ ।
अध्यादेशको विरोध गर्दै संसदमा विपक्षमा मतदान गर्ने निर्णय समेत गरेर सरकारलाई अप्ठ्यारोमा पारेका उपेन्द्रले फेरी आज नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा दिउँसो १ बजेदेखि विभिन्न पार्टीका शीर्ष नेता र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम गर्न लागेपछि उनक कदमप्रति आशंका व्यक्त हुन थालेका छन् ।
जसपा नेपालले आयोजना गरेको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, डा. उमाशंकर प्रसादलगायतले सम्बोधन गर्ने बताइएको छ ।
त्यस्तै जसपा नेपालले आइतबार केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । बैठकमा सरकारले प्रस्तुत गरेका अध्यादेशबारे छलफलसमेत हुने बताइएको छ ।
अध्यादेशबारे धारणा बनाउन जसपा नेपालले यसअघि उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल अध्ययन समिति नै बनाएको थियो । समितिले दिएको सुझावको आधारमा जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा जसपा नेपालले आज पुनः अन्तरक्रिया राख्नुलाई विशेष रुपमा हेरिएको छ ।
उपन्द्रले अन्य अध्यादेशलाई समर्थन गर्ने यस अघि नै बताएर भूमि सम्बन्धि अध्यादेशको मात्र विरोध गरेका थिए । अब फेरी अध्यादेश बारे छलफल चलाएर उनले यसलाई सत्ताको भर्याङ बनाउन खोजेको चर्चा राजनीतिक वृतमा चलिरहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भूमिसम्बन्धी अध्यादेशको बारेमा संवाद जारी रहेको र प्रधानमन्त्री ओलीले उपेन्द्रलाई सरकारमा आउन आग्रह गरिरहेको बुझिएको छ । उपेन्द्रको माग बमोजिम प्रधानमन्त्री ओली मधेश प्रदेशको सरकारको नेतृत्व समेत उपेन्द्रलाई दिन तयार भएपछि उनले अध्यादेशको पक्षमा मत दिनसक्ने आकलन शुरु भएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend