वीरगन्ज – जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ। पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। एक महिनाअघि पर्सामा नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक गौतम मिश्र पुगेका थिए। उनले आफ्नो सुरुवाती कार्यकालमा तस्करीविरूद्ध कारबाही चलाएका छन्।
गत माघ १४ गते पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेदेखि फागुन १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले ८ करोड १२ लाख, ८ हजार ५३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
यस क्रममा पर्सा भन्सारबाट जाँचपास भएर छुटेका मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। बिल बिजकभन्दा बढीको सामान (तस्करी) लोड गरिएका ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र उक्त बरामद सामान राजश्व अनुसन्धान कार्यालय पथलैया तथा भन्सार कार्यालय पर्सामा बुझाइएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुभास भट्टका अनुसार सोही अवधिमा प्रहरीले २३ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
एसपी गौतमको सक्रियता र विशेष सूचनाको आधारमा प्रहरीले सोही अवधिमा जिल्लाको विभिन्न ठाउँमा लगाइएको २८ कठ्ठा जगामा लगाइएको लागुऔषध गाँजा १३ हजार ४०० बोट, एक कठा जग्गामा लगाइएको अफिम ५०० बोट नष्ट गर्नुका साथै ७६ किलो ८०० ग्राम गाँजा र २५ किलो चरेस बरामद गरिएको प्रहरीको तथ्यांकमा छ।
त्यस्तै, एक महिनाको अवधिमा फैसला कार्वान्यनतर्फ ३४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ, जसबाट ४८ लाख,४७ हजार ४२२ रुपैयाँ जरिवाना र १५ वर्ष १० महिना २२ दिन कैद भुक्तान भएको प्रवक्ता भट्टले जानकारी दिए। प्रहरीले पर्सामा घरेलु मदिराको उत्पादन तथा बिक्री(वितरणको गुनासो बढेसँगै प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ।
जिल्लाको विभिन्न स्थानमा रहेको १४ वटा रक्सी भट्टीमा छापामारी ९ हजार ६५० लिटर कच्चा पदार्थ र ६४० लिटर तयारी मदिरा नष्ट गर्नुका साथै मदिरा उत्पादनमा प्रयोग गरिने विभिन्न उपकरण भाँडाकुँडा बरामद गरिएको तथ्यांकमा जनाइएको छ।
वीरगन्जस्थित होटलहरूमा महिलालाई व्यावसायिक रूपमा यौनधन्दामा लगाएको सूचनाको आधारमा बसपार्कलगायत विभिन्न स्थानमा रहेका चार वटा होटलमा छापामारी ६ जना महिलाको उद्धार गरिएको छ। यसक्रममा चार जना होटल सञ्चालकलाई कारबाहीको दायरामा ल्याइएको जनाइएको छ।
त्यस्तै, एसपी गौतम मिश्रको ३० दिने कार्यकालमा विभिन्न प्रकृतिका ६ वटा आपराधिक मुद्दा दायर गर्नुका साथै संलग्न एक महिलासहित ६ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
त्यसैगरी, सोही अवधिमा प्रहरीको आयोजनामा ६२१ वटा सामुदायिक प्रहरी(साझेदारी कार्यक्रम भएको छ। जसबाट कुल २२ हजार,१८३ नागरिक लाभान्वित भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।
‘प्रहरी सम्पूर्ण नागरिकको साथमा छ, ढुक्क भएर कुनै पनि विकृति वा अपराधबारे समयमै सूचना दिन पर्साबासीलाई म आग्रह गर्दछु’, मिश्रले भने। नागरिकको सहयोगबिना अपराध नियन्त्रण असम्भव रहेकाले सूचना दिने मानिसको गोपनीयता राखिने उनले विश्वास दिलाएका छन्।
आफूले शून्य सहनशीलता साथ काम गर्ने तथा कुनै आपराधिक घटनामा प्रहरीले पूर्ण व्यावसायिक बनेर काम गर्ने एसपी मिश्रले प्रतिवद्धता जनाएका छन् । मिश्रले आक्रामक कारबाही थालेपछि एक महिनामै तस्करी, हुण्डी, लागुऔषध कारोबारीसँगै आपराधिक प्रवृत्तिका मानिसहरूमा त्रसित बनेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend