Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोक भूकम्प अपडेट: साढे ७ बजेसम्म २३ वटा पराकम्प, एक कैदी घाइते


    शुक्रबार, फाल्गुन १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा ६।१ म्याग्निच्युडको भूकम्प गयो । त्यसपछि बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    जल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।

    त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले बताए । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए ।

    विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको उनले जानकारी दि

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार