Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुकेधारामा फोहोरले छोपेको अवस्थामा एक व्यक्तिको शव भेटियो


    बिहिबार, फाल्गुन १५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ ।

    बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिन्छ । शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ । मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ ।

    शव नदेखियोस् भन्ने हिसाबले पुरानो शौचालयमा फोहोरले छोपेर लुकाएको जस्तो प्रारम्भिक जाँचमा देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार