काठमाडौं – काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ ।
बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिन्छ । शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ । मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ ।
शव नदेखियोस् भन्ने हिसाबले पुरानो शौचालयमा फोहोरले छोपेर लुकाएको जस्तो प्रारम्भिक जाँचमा देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend