Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन


    बिहिबार, फाल्गुन १५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले केही समय अघि प्रष्टीकण बुझाएका हुन् ।

    कुलमानले आफ्नो उर्जा मन्त्रालयलाई आफुलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन् ।

    उनले भनेका छन्- ‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ ९अनुसूची- १ को क्र.स. ३३० र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु ।’

    उनले नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारवाही गर्न लागिएको हो रु भन्ने प्रश्न गर्दै स्पष्टिकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न नमिल्ने जवाफ दिएका छन् ।

    घिसिङलाई ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार