Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने


    बिहिबार, फाल्गुन १५ २०८१
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।

    प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो ।

    विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ । १५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल ९चाबहिल० वरिपरिका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार