Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ- विप्लव


    बुधबार, फाल्गुन १४ २०८१
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कालिकोट – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् । रास्कोट नगरपालिकाले बुधबार विहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् ।

    उनले भने,‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरुको बिचको एकता पनि रुपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो ।’

    उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे । हासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिदै समाजवादी मोडलमा काम गर्न सुझाव दिए । उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार