Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहान १० बजेसम्म डेढ लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन


    बुधबार, फाल्गुन १४ २०८१
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज बिहान १० बजेसम्म करिब डेढ लाख दर्शनार्थीले पशुपतीनाथको दर्शन गरेका छन् । महाशिवरात्री पर्वका दिन बिहान २ बजेदेखि नै शपुपतिका ४ वटै ढोका खुला गरिएपछि बिहान १० बजेसम्म करिब डेढ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका हुन् ।

    पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान १० बजेसम्म डेढ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको जानकारी दिए । उनका अनुसार साँझ ६ बजेसम्म दर्शनार्थीहरूले दर्शन गर्न पाउनेछन् । दर्शनार्थीहरूको सुरक्षाको लागि करिब पाँच हजार सुरक्षाकर्मीहरू खटिएका छन् ।

    आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्दै जाने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार