ओडिसा । ओडिशाको एक निजी इन्जिनियरिङ कलेजमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरिरहेको छ ।
साथै, ओडिशा सरकारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ र मंगलबार मात्रै किट कलेजका थप ४ अधिकारीहरूलाई उच्च स्तरीय समितिमा उपस्थित हुन बोलाएको छ।
उच्च शिक्षा विभागका अनुसार कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का प्रमुख प्रोक्टर पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्म्रिका पाटी र निजी कलेजका धेरै वरिष्ठ अधिकारीहरूलाई बोलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
समाचार अनुसार उनीहरूलाइ फ्रेबुअरी २७ मा अतिरिक्त मुख्य सचिव (गृह) सत्यब्रत साहुको नेतृत्वमा रहेको समितिमा उपस्थित हुन भनिएको सूचनामा उल्लेख गरिएको छ । यस अघि फ्रेबुअरी २१ मा पनि केआईआईटीका संस्थापक अच्युत सामन्तसहित सो कलेजका ७ जना उच्च अधिकारीले समिति समक्ष हाजिर भई बयान दिएका थिए ।
नेपाली विद्यार्थीलाई मात्र छात्रावास छाड्न नोटिस किन दिइयो ? भन्ने प्रश्न सोधिएको थियो भने मृतक युवतीले एक महिनाभन्दा बढी समय देखी दिएको दुर्ब्याबहारको उजुरीमा किन कारबाही नगरेको ? भन्दै उनीहरुलाई सोधिएको थियो । ‘सामन्त र अन्यलाई पनि नेपाली विद्यार्थीहरू विरुद्ध कथित जातीय दुर्व्यवहारको बारेमा बारम्बार सोधपुछ गरिएको थियो,’ एक अधिकारीले भारतीय सञ्चारमाध्यमलाइ जनाएका छन् ।
नेपाली विद्यार्थीको आत्महत्याको घटना पछि ओडिशा सरकारले फ्रेबुअरी १८ मा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । कथित आत्महत्यामा निम्त्याउने अवस्था, कलेज प्रशासनले गरेको कथित कारबाही, विद्यार्थीहरूको एक निश्चित समूह (नेपाली)लाई मात्र सूचना जारी गर्ने र उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने जस्ता कार्यहरू गरिए पछि सो समिति गठन भएको हो ।
यसका साथै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाका सम्बन्धमा उचित कारबाही गर्न र आत्महत्या गरेको आरोपमा पीडित नेपाली विद्यार्थीलाई न्याय दिन भारत सरकारसँग आग्रह गरेका थिए । साथै, ओली सरकारले नेपाली विद्यार्थीका लागि स्वस्थ शैक्षिक वातावरणको प्रत्याभूति गर्न प्रदेश सरकारलाई आग्रह गरेको जनाइएको छ ।
थप रूपमा नेपालले ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीलाई पनि नेपाली विद्यार्थीहरू माथी भएको कथित उत्पीडनमा संलग्न किटका शिक्षक र कर्मचारीहरूलाई संस्थानबाट स्थायी रूपमा बर्खास्त गर्न सुनिश्चित गर्न अनुरोध गरेको छ।
गत फ्रेबुअरी १६ मा कलेजमा तेस्रो वर्षमा अध्ययनरत नेपाली कम्प्युटर साइन्सकी छात्रा छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि कलेजमा तनावको वातावरण बनेको छ । जसले नेपाल भारत सबन्धमा नै असर पारे पछि उडिसा सरकारले गम्भिर छानबिन सुरू गरेको हो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend