Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाथीभरा केवलकार निर्माण विवाद: वार्तामा बस्न सरकारको पुनः आह्वान


    मंगलबार, फाल्गुन १३ २०८१
    715
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई पुनः वार्तामा बोलाएको छ ।

    गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरेका हुन् ।

    उनले सोमबार राति सूचना जारी गरेर वार्तामा आउन आह्वान गरेका थिए । सूचनामा भनिएको छ, ‘निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।’

    सरकारले समस्या समाधान गर्न गत २० माघमा भट्टराईको नेतृत्वमा वार्ताटोली गठन गरेको थियो । सो टोलीले आन्दोलनरत पक्षसँग दुई पटक वार्ता गरिसकेको छ । तर, सहमति जुट्न सकेको छैन ।

    दुई चरणका वार्ताले समाधान नदिएपछि आन्दोलनरत वार्तामा बसेको छैन । ‘नो केबुलकार’ समूहले भट्टराई नेतृत्वको वार्ता समितिसँग संवादमा नबस्ने भदै अर्को वार्ता समिति गठन गर्न माग गर्दै आएको छ । वार्ता रोकिएपछि त्यस पुनः आन्दोलन सुरु हुँदा त्यस क्षेत्रमा पटकपटक झडप भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार