काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सरकारको जवाफ माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सोमबार राति थारु समुदायका दुई पक्षबीच बडघरको विषयमा भएको झडपमा गाडी तोडफोड भएको र गोलीसमेत चलेको भन्दै त्यसको यथार्थ जवाफ माग गरेका हुन् ।
उनले घटना अघिल्लो रातिको भए पनि किन बेलैमा त्यसलाई नियन्त्रण गर्न खोजिएन भन्दै प्रहरी प्रशासनको लापरवाहीबारे आक्रोश पोखे । झडपका क्रममा प्रहरीको गाडी जलाएको र प्रहरीले झडप रोक्न चार राउन्ड गोली फायर गरेको जानकारी सांसद सिंहले संसदलाई गराए । यस्तै सशस्त्र प्रहरीले पनि एक राउन्ड गोली फायर गरेको उनले बताए ।
अहिले सरकारल प्रशसन यन्त्र, प्रहरी र सशस्त्र प्रहरीलाई निकम्मा बनाउने काम सरकारले गरेको भन्दै उनले आक्रोश पोखे । एक दुई महिनामै सहसचिव, उपसचिव सरुवा गर्ने सरकारको कामले प्रशासन पंगु बनेको उनले बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend