Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षामन्त्री अस्पताल भर्ना


    मंगलबार, फाल्गुन १३ २०८१
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी चारदिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना भएकी हुन् ।

    घाँटीमा समस्या देखिएकोले मन्त्री भट्टराई चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ । तर, भट्टराईलाई क्षयरोग भएको आशंका गरिएको छ ।

    उनको उपचारमा संलग्न एक चिकित्सकले क्षयरोगको आशंकामा थप परीक्षण भइरहेको बताए । आज बिहान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार