Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रिंकु सदाय मृत्यु प्रकरण: ३ जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप


    मंगलबार, फाल्गुन १३ २०८१
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – सिराहाको नवराजपुर गाउँपालिका- १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले ३ जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न लागि जिल्ला अदालत सिराहाबाट सोमबार म्याद थप गरिएको हो।

    घटना सोधपुछ गर्न शनिबार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ४ जनालाई प्रहरीले थुनामा राखिएको थियो। त्यसमा पनि एक जना व्यक्ति घटनामा संलग्न नदेखिएका तीन जनाविरूद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिए।

    चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासविरूद्ध पाँच दिन म्याद थप भएको हो। यस घटनामा मधेस प्रदेश प्रहरी कार्यालयबाट एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पनि छानबिन भइरहेको छ।

    रिंकुका परिवारले फागुन ८ गते बिहीबार इलाका प्रहरी कार्यालय लहानमा सामूहिक जबरजस्ती करणीसहित चारवटा मुद्दामा ८ जनाविरूद्ध पूरक जाहेरी दिएका थिए। कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएका हुन्। यसअघि फागुन १ गते आत्महत्या दुरूत्साहन सम्बन्धीमात्र जाहेरी दिइएको एसएसपी कोइरालाले जानकारी दिए।

    माघ २७ गते राति शौचालय जान भनेर निस्केकी रिंकु कुमारी २८ गते बिहान ३ बजेमात्र घर फर्किएकी थिइन्। त्यसपछि २९ र३० गते पञ्चायत बसेर यस घटनामा मेलमिलाप गराइएको थियो। यसबीच विवाद भइरहँदा रिंकु ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार