काठमाडौं – सिराहाको नवराजपुर गाउँपालिका- १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले ३ जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न लागि जिल्ला अदालत सिराहाबाट सोमबार म्याद थप गरिएको हो।
घटना सोधपुछ गर्न शनिबार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ४ जनालाई प्रहरीले थुनामा राखिएको थियो। त्यसमा पनि एक जना व्यक्ति घटनामा संलग्न नदेखिएका तीन जनाविरूद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिए।
चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासविरूद्ध पाँच दिन म्याद थप भएको हो। यस घटनामा मधेस प्रदेश प्रहरी कार्यालयबाट एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पनि छानबिन भइरहेको छ।
रिंकुका परिवारले फागुन ८ गते बिहीबार इलाका प्रहरी कार्यालय लहानमा सामूहिक जबरजस्ती करणीसहित चारवटा मुद्दामा ८ जनाविरूद्ध पूरक जाहेरी दिएका थिए। कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दिएका हुन्। यसअघि फागुन १ गते आत्महत्या दुरूत्साहन सम्बन्धीमात्र जाहेरी दिइएको एसएसपी कोइरालाले जानकारी दिए।
माघ २७ गते राति शौचालय जान भनेर निस्केकी रिंकु कुमारी २८ गते बिहान ३ बजेमात्र घर फर्किएकी थिइन्। त्यसपछि २९ र३० गते पञ्चायत बसेर यस घटनामा मेलमिलाप गराइएको थियो। यसबीच विवाद भइरहँदा रिंकु ३० गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend