Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?


    मंगलबार, फाल्गुन १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको भाउले ‘रेकर्ड ब्रेक’गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्य कायम भएको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो सुनको भाउ हालसम्मकै उच्च हो । हिजो सुनको मूल्य एकलाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार नौसय ८५ रुपैयाँमा कारोबा भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार