Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः सशस्त्रकै इन्स्पेक्टर पक्राउ


    मंगलबार, फाल्गुन १३ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा नयाँ तथ्य खुल्दै गएका छन् । महतको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

    शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।

    घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार