जनकपुरधाम । भन्सारछलीका सामान भित्रिने क्रम बढेपछि राजस्व असुली लक्ष्य अनुसार हुन नसकिरहेका समाचार बारम्बार आउने गरेका छन् । तर भन्सारछली रोकिन सकेको छैन । यसैक्रममा केही दिनयता धनुषामा फेरि तस्करी बढ्न थालेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट धनौजीका प्रहरी निरीक्षक रबिन्द्र दहालको संलग्नतामा इटहर्वा खरियानी गाछीबाट तस्करी बढेको हो ।
सशस्त्रको गण नम्बर ८ धनुषाका गणपति (एसपी) दर्शन गिरी सरुवा हुने बित्तिकै इन्स्पेक्टर दाहालले लाइन खोलेको नाम उल्लेख नगर्ने शर्तमा प्रहरी स्रोतले बताएको छ ।
गएको माघ २८ गते हाजिर भएका नयाँ सशस्त्र प्रहरी प्रमुख एसपी निर्मल खड्काले जीरो टोलरेन्समा काम गर्न युनिट इन्चार्जहरुलाई निर्देशन दिए पनि उनलाई गुमराहमा राखेर लाइन खोलिएको छ । इटहर्वाबाट सशस्त्रसँग सेटिङ गरी मञ्जुर, बैतुल्लाह, सम्तुल्लह, नईम लगायतका आधा दर्जन ब्यापारीहरु लत्ताकपडा, हार्डवेयर, जुत्ताचप्पल, कस्टमेटिक र इलेक्ट्रोनिस सरसामानको तस्करी गर्दै आएका छन् ।
छिन्नमस्ता बाहिनी (मधेश प्रदेश) का डिआईजी कालिदास धौबजीका निकट मानिने इन्स्पेक्टर दाहालले काम बन्द गरेका व्यापारीहरुलाई फोन गरी कारोबार गर्दा कुनै फरक नपर्ने भन्दै लाइन चलाउन छुट दिएका छन् ।
पूर्णरूपमा तस्करी नियन्त्रण भएको दाबी गर्दै आएका सशस्त्र प्रहरी गुल्म महिनाथपुरका डिएसपी सुरज रिजाललाई छनक नदिई तस्करीको लाइन चलेको छ । तस्करी भइरहेको कुरा देउरी परवाहा नजिकबाट नेपाल प्रहरीले हालै सामान बरामद गरी भन्सारमा बुझाएकाले थप पुष्टि भएको छ ।
यता सीमामा हुने अबैध गतिविधि, सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण गर्दै राजस्व बृद्धि गर्ने जोश जाँगरका साथ धनुषा गणपतिको कमान्ड सम्हालेका एसपी खड्कासमेत विवादमा तानिने देखिएको छ ।
कमान्ड सम्हाल्ने बित्तिकै एसपी खड्काले केही गरेर देखाउने उद्देश्यले सादा पोशाकमा प्रहरी जवान सुरेन्द्र मण्डल र अरबिन्द यादवलाई खटाए पनि उनीहरु उल्टै तस्करसँग सूचना लिक भएको थियो । सादा पोशाकमा सूचना संकलन गर्न खटिएकाहरुले नै लाइन चलाउन थालेको गुनासो आएपछि दुबैलाई हाल गणमा थन्क्याइएको छ ।
एसपी खड्का सशस्त्र प्रहरी संगठनमा भद्र र सालिन अधिकृतको रुपमा चिनिन्छन् । उनी यसअघि डीएसपी हुँदा पनि धनुषामा बसिसकेका हुन् । प्रहरी जवान मण्डल यसअघि जनकपुर भन्सार गुल्मको घुमुवाका रुपमा खटिंदा निकै बदनाम भइसकेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend