Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्यूठानमा मृत फेला दम्पत्तिको हत्या भएको खुलासा


    आइतबार, फाल्गुन ११ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेलापरेका दम्पत्तीको हत्या भएको खुलेको छ ।

    प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।

    ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय  श्रीमती हुकुमा परियार शनिबार घरमै मृत फेलापरेका थिए ।  फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठेपछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले दम्पत्तिको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरुका चार छोराहरु भारतमा रहेको र  छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार