काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २०८१ फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरको जाउलाखेलमा सम्पन्न भएको छ। अध्यक्षद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टी महासचिवद्धारा प्रस्तुत पार्टी निर्माणको कार्ययोजना पारित गर्नुकासाथै पार्टी संचालन सम्बन्धी नियमावली, निदेशिका तथा आचारसंहिता सहित १८ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ ।
बैठकको सञ्चालन महासचिव घनश्याम भूसालले गर्नुभएको थियो भने छलफल सत्रको सञ्चालन पार्टीका उपमहासचिवद्धय गरिमा शाह र रामकुमार भट्टराईले सहजिकरण गरेका थिए ।
अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समिक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू बैठकमा एजेण्डाका रूपमा प्रस्तुत गरिएको थियो।
प्रस्तुत एजेण्डाहरूमा बैठकको पहिलो दिन (शुक्रबार) नेताहरू कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले विचार राखेका थिए ।
शनिबार त्यस्तै शनिबार बिहान ८ बजेदेखि सुरू भएको बैठकमा आ–आफ्नो विचार राख्नेमा दिनेश कुमार राई, ठगेन्द्र प्रकाश पुरी, कृष्ण बि.सी, दामोदर अर्याल, दिर्घ सोडारी, अशेष घिमिरे, धर्म निरौला, दुर्गा परियार, शर्मिला पौडेल, गणेश शाही, मिना ज्ञवाली, पासाङ्ग शेर्पा, कुल बहादुर कुवर, नरेश शाही, केदार संजेल, बसन्त विक, विश्वराज बम, जयानन्द रावत, नवराज पौडेल, तारानाथ दहाल, नेत्र भट्टराई, केशरी रेग्मी, संगिता पाख्रिन, आलोक रायमाझी, गोविन्द सुवेदी, विजय गुरुङ्ग, भीम प्रसाद दहाल, हरी डाँगी, हिरेन्द्र शाही, सुनिता थापा, धर्म बहादुर शाही, रमा घर्ती, ओसिम आलम रहेका छन् ।
त्यस्तै लक्ष्मी भुसाल, धनबहादुर कार्की, शान्ती पौडेल, वीरबहादुर बुढाथोकी, हिमाल खरेल, सीता ओझा, गोपाल बराल, लक्ष्मण केसि, उदया शर्मा, मुनु सिग्देल, आरती लामा, सुदेश पराजुली, रामकुमारी झाँक्री, जङ्गबहादुर राना, सरला यादव, कनिश पटेल, इन्दु आचार्य, दिलकुमारी पन्त, भोज विक्रम बुढा, हर्क बहादुर सिंह, भवानी खड्का, शिला कुमारी यादव, प्रेममाया श्रेष्ठ, उषा पोखरेल, गीता अञ्जान, मनोज कुमार चौधरी, निरा जैरू, गुरू बुर्लाकोटी, वीरेन्द्र भण्डारी टाइगर, गजेन्द्र सार्की, रविन्द्र बैठा, तुलाराज सिमखडा, खेम वनेम, रत्ना गुरुङ्ग, सिता साह, ताज मोहम्मद, मोहन गौतम, जीवन राई, हस्तबहादुर शाही, पर्माराम ओट, कृष्णबहादुर विक, राममणी पोखरेल, विष्णु लामिछाने, विश्वेश्वर कट्टेल, माधव पन्त, महेन्द्र चौलागाईँ, पदम बहादुर रोकाया, भीम रार्ई, देवी ओली, कमल घिमिरे, नितेश पौडेल, कृष्ण बहादुर विसी, सुवास खतिवडा, रामचन्द्र वल, शिवराज शर्मा, प्रकाश रावल र केदार कँडेल थिए ।
बैठकमो समापन सत्रमा पार्टी अध्यक्ष नेपाल, समानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्तव्य राखेका थिए ।
केन्दीय कमिटीका निर्णय सार्वजनिक गर्नका लागि १२ फागुन सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend