काठमाडौं । जर्किनभित्र लुकाएर पर्सा पुर्याइएको ११ किलो ४ सय ग्राम चरेससहित एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-२ बुनियादकी ३० वर्षीया आरती यादव छिन्। वीरगन्ज महानगरपालिका-१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई बुधबार राति ८ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका-१६ कै शंकराचार्य गेटमा चेकजाँचका क्रममा यादवलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए ।
‘नेपालबाट भारत र भारतबाट नेपाल आउने पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा यादव पक्राउ परेकी हुन्,’ मिश्रले भने ।
यादव हातमा रातो जर्किन बोकेर भारततिर जान लागेकी थिइन्। शंका लागेर जर्किन खोल्दा प्लाष्टिकमा सानो-सानो पोकामा लुकाएर राखिएको चरेस फेला परेको मिश्रले बताए ।
यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको छ। यसअघि मंगलबार प्रहरीले जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट ११ किलो ९५० ग्राम चरेस बरामद गरेको थियो ।
चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, बारा मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन् ।
पक्राउ परेकी यादव भरिया भएको आशंका प्रहरीको छ। ‘उनले कहाँबाट चरेस ल्याइन् भन्नेबारे अनुसन्धान भइरहेको छ,’ मिश्रले भने ।
पछिल्लो समय चरेस तस्करीको नयाँ तरिका अपनाइएको पाइएको छ। एक साताअघि गत शुक्रबार प्रहरीले वीरगन्ज-१६ चालिस फिट्टे सडकबाट सर्लाही विष्णुपुर गाउँपालिका-४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्णलाई पक्राउ गरेको थियो ।
उनी जर्किनभित्र साढे ११ किलो चरेस लुकाएर भारततर्फ जाँदै थिए। जर्किनमा माथिपट्टी घ्यू थियो, तलपट्टी सानो-सानो पोको पारेर चरेस राखिएको थियो ।
‘खुला सीमाको फाइदा उठाउँदै भरियाहरूले नयाँ तरिका अपनाएर चरेस भारत लैजान खोजेको देखिन्छ,’ प्रहरी उपरीक्षक मिश्रले भने ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend