Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोस्रो पुस्तक ‘करुणा’ का लागि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दिए बधाई


    शुक्रबार, फाल्गुन ९ २०८१
    785
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यले लेखेको दोस्रो पुस्तक ‘करुणा’ शनिबार सार्वजनिक हुने भएको छ । भोलि दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा पुस्तक लोकार्पण गरिने भएको छ ।

    प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ आफ्नो हात परेको र साह्रै राम्रो लेखेको भन्दै बधाई र शुभकामना दिएका छन् । ‘अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्‍यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै रोचक लाग्यो। भोलि १२ः३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ । राधिकालाई बधाई, धेरै धेरै शुभकामना,’ ओलीले आज (शुक्रबार) सामाजिक सञ्जालमा लेखेका छन् ।

    राधिका शाक्यले यसअघि ‘मेरो अनुभूति’ भन्ने पुस्तक लेखेकी थिइन् । जसमा ओलीसँग साथमा रहँदा एमाले नेताहरुको चरित्र र विचार समेटिएको थियो । जसले एमाले नेताहरुमा तरंग सार्वजनिक गरेको थियो । ‘करुणा’ मा भने सामाजिक कार्यमा सहभागिता हुँदाका विषय समेटिएको बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार