Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति ट्रम्पलाई मेन्सन गर्दै मेयर बालेनले भने- अमेरिका अल्छीहरुको देश


    शुक्रबार, फाल्गुन ९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकालाई ‘अल्छीहरुको देश’को आरोप लगाएका छन् । मेयर शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

    अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री)बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । शाहले अमेरिकाका नागरिकलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने बताएका छन् । अमेरिकाले नेपाललाई विभिन्न शीर्षकमा दिँदै आएको सहयोग बन्द गरेपछि बालेनको यस्तो टिप्पणी आएको हो ।

    फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै शाहले लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’ बालेनको स्टाटस अनुसार नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ ।

    साथै, उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गरेका छन् । अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन पनि उनले सुझाव दिएका छन् ।

    मेयर शाहको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ । कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार