Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माधव नेपालद्वारा संविधान सभा सदस्य सापकोटाको निधनप्रति दुःख प्रकट


    बिहिबार, फाल्गुन ८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज एवं संविधान सभा सदस्य विदुर सापकोटाको निधनप्रति दुःख प्रकट गरेका छन् ।

    अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरी प्रगतिशील तथा वामपन्थी आन्दोलनका नेता सापकोटाको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

    लोकतन्त्र स्थापनाका लागि सापकोटाले पुर्‍याएको योगदानको स्मरण गर्दै उनले कम्युनिस्ट आन्दोलनले एक अथक योद्धा तथा देशले असल र इमान्दार नेता गुमाएको बताए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनप्रतिनिधिका रूपमा उनले नेपालको प्रगतिशील आन्दोलन, समाज विकास र रूपान्तरणमा गरेको योगदानलाई उच्च सम्मानसहित स्मरण गर्दै आदर्शको अनुसरण गर्नुपर्नेमा जोड दिए ।

    कलेजोसम्बन्धी रोगले ग्रस्त ५९ वर्षीय सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा देहावसान भएको हो । उनका श्रीमती र एक छोरी छन् । उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार