Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओडिसाका मुख्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन संवाद, लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान गरी न्याय दिलाउन आग्रह


    बुधबार, फाल्गुन ७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटनामा न्याय दिलाउन नेपाल सरकारले कुटनीतिक प्रयास जारी राखेको छ ।

    नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन् ।

    मन्त्री राणाले सामाजिक सञ्जालमार्फत् यसबीच ओडिसा सरकारका अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको जनाएकी छन् । राणाले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा ओडिसा सरकारका उच्च शिक्षामन्त्री सूर्यवंशी सरजसँग टेलिफोन संवाद गरी दोषीलाई कडा कारबाही तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गरेकी छन् ।

    ‘भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा हामीले निरन्तर फलो अप गरिरहेका छौं । आज पनि मैले ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु,’ डा.राणाले भनेकी छन्, ‘उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरें ।’

    ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीले न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार