Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसले देशको जिम्मेवारी लिनु छ, अहिले नै ८४ को चर्चा गर्ने सुविधा छैन- गगन थापा


    बुधबार, फाल्गुन ७ २०८१
    990
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देशको जिम्मेवारी लिनुपर्ने भएकाले अहिले नै २०८४ सालको चर्चा गर्ने सुविधा काँग्रेसलाई नभएको बताएका छन् ।

    पाल्पाको पूर्वखोलामा बुधबार आयोजित कार्यक्रममा महामन्त्री थापाले अन्य दलले २०८४ पछि देश बनाउने भनिरहेको बताए । काँग्रेसले अहिलेको जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

    ‘अनि ८१/८२/८३ मा देश नबनाएर के गरेर बस्ने त अब ? संविधान बनाउनु पनि छैन । प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापना गर्नु पनि छैन,’ थापाले भने, ‘कुनै आन्दोलन गर्नु पनि छैन । यो तीन वर्षको समय भनेको कम समय हो ?’

    बीपी कोइरालाले १८ महिना मात्रै सरकार चलाउन पाएको स्मरण गरे । अबको चुनावमा जाँदा जितेका स्थानमा घोषणापत्र लिएर नगई यो यो काम गरेँ भनेर जानुपर्ने बताए । आम नागरिकले विकास भएको भने पनि अपेक्षित नभएको बताइरहेको तर केहीले भने ‘केही पनि भएको छैन’ भनी रुवाबासी सुरु गरेको बताए ।

    शिक्षा र स्वास्थ्यमा सरकारको जिम्मेवारी हुनुपर्ने र अन्य क्षेत्रमा निजी क्षेत्रमा काम गर्ने वातावरण बनाइदिनुपर्ने थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार