Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सबै खाले मतभेदको संवादमार्फत सहमति खोजौं : रास्वपा


    बुधबार, फाल्गुन ७ २०८१
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रजातन्त्र केवल शासन प्रणाली मात्र नभई जनताको अभिव्यक्ति, अधिकार र समुन्नत समाज निर्माणको आधार भएको बताएका छ।

    प्रजातन्त्र दिवस अवसरमा शुभकामना दिँदै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भनेका छन्, ‘नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, अवसरको समानता, समानुपातिक–समावेशी प्रतिनिधित्व जस्ता लोकतान्त्रिक मूल्य–मान्यता आत्मसात् गरिरहे पनि मुलुकलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन नसकिएमा जनस्तरले निरन्तर उठाउँदै आएका प्रश्नको जवाफ व्यवस्थाले होइन त्यसका सञ्चालकले दिनुपर्ने तथ्य हामीले सदा स्मरण गरिरहनुपर्छ ।’

    ऐतिहासिक दिवसले प्रजातन्त्रको महत्त्व सम्झाउने मात्र होइन, त्यसलाई जोगाइ राख्न नागरिकको कर्तव्य र जिम्मेवारी पनि बोध गराउने उल्लेख छ। सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई प्रोत्साहन गर्दै, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प्रवर्धनमा सबैलाई प्रोत्साहित गर्न सक्नुपर्नेमा जोड छ।

    स्वाधीनता, स्वतन्त्रता र प्रजातन्त्रको रक्षाका लागि सबै खाले मतभेदको संवादमार्फत सहमति खोज्न, राष्ट्रिय आकांक्षा सम्बोधनमा एकता, सहिष्णुता र सद्भावको अभिवृद्धि गर्न तथा मुलुकको समग्र रूपान्तरणमा इमान्दार प्रयत्न गर्नुपर्ने उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार