काठमाडौं – प्रमुख प्रतिपक्षी दल माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ सुरु गर्दैछ । अभियान झापाको कचनकवलबाट सुरु हुनेछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान सुरु गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु हुने हुलाकी राजमार्ग केन्द्रीत अभियान कञ्चनपुरमा पुगेर समापन हुने माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा अभियान सञ्चालन हुनेछ । उद्घाटनको दिन बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ ।
फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना हुनेछ । फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गरी समापन हुनेछ ।
जागरण अभियान फागुन १५ देखि २२ गतेसम्म मधेश प्रदेशमा हुनेछ । फागुन १५ गते मधेस प्रदेशको सप्तरी, १६ गते सिरहा, १७ गते धनुषा, १८ गते महोत्तरी, १९ गते सर्लाही, २० गते रौतहट, २१ गते बारा र २२ गते पर्सामा भेटघाट र अन्तरक्रिया हुने तय भएको छ ।
फागुन २३ गतेबाट बागमती प्रदेशमा सुरु हुनेछ । २३ गते चितवन जिल्लास्थित भरतपुरमा सभा तथा अन्तक्र्रिया गर्ने तयारी छ । फागुन २४ गतेबाट लुम्बिनी प्रदेशको नवलपरासीबाट अभियान सञ्चालन हुने गरी तयारी भइरहेको छ । अभियान चैत २ गते सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन हुनेछ ।
लुम्बिनी प्रदेशमा फागुन २९ गतेसम्म अभियान टोली रहेमा चैत १ गते कैलाली र चैत २ गते कञ्चनपुरमा समापन हुने छ । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend