Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


    बुधबार, फाल्गुन ७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी का अनुसार सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो ।

    बुधबार छापवाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको भाउ एक लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार