Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकृति लम्साल मृत्यु प्रकरण : दुई नेपाली सुरक्षा अधिकृत केआईआईटी पुगे


    मंगलबार, फाल्गुन ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा दुई नेपाली सुरक्षा अधिकृत पुगेका छन् ।

    कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका हुन् ।

    दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् । भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार, टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्ने छ ।

    आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुर्व्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन । बरु घटना ढाकछोप गर्न खोजेको थियो ।

    त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो, त्यसक्रममा विद्यार्थीहरुलाई सुरक्षागार्ड र प्रशासनका व्यक्तिहरुले दुर्व्यवहार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार