काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीमाथि जथाभावी गालीगलौज गर्ने एकजना प्राध्यापकले माफी मागेकी छिन् । केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जुशा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हाल्दै माफी मागेकी हुन् ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको घटनाबारे भारतीय प्रहरीले छानबिन अगाडि बढाएपछि उनले सामाजिक सञ्जालमा आएर माफी मागेकी हुन् ।
उनले भिडियोमा भनेकी छिन्, ‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुर्व्यवहारप्रति म माफी माग्न चाहन्छु। नेपाली भावनासँग मैले गरेको दुर्व्यवहारप्रति कलेज प्रशासनको कुनै संलग्ना छैन। त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु।’
यसअघि सोमबार राति कलेभित्र मञ्जुशा पाण्डेले नेपाली विद्यार्थीहरूलाई गालीगलौज र गिज्याउँदै जहाँ सुरक्षित भए त्यही जान भन्दै निक्लिएर जान भनेकी थिइन् । उनीसँगै रहेकी अर्की महिलाले त झन् ‘तिम्रो नेपालको बजेटभन्दा ठुलो बजेट त हाम्रो विश्वविद्यालयको छ, तिमीहरूलाई यहाँ फ्रीमा बसाएर खुवाइरहेका छौं’ भन्दै अपमानजनक गालीगलौज गरेकी थिइन् ।
उनीहरूले गालीगलौज गरिरहँदा नेपाली विद्यार्थीले बीचमा हाम्रो के गल्ती भयो र रु भनेर प्रश्न गर्दा मञ्जुशा पाण्डेले भनेकी थिइन्, ‘ हामी जान्दैनौ। कृपया तिमीहरू यहाँबाट तत्काल जाऊ। नत्र प्रहरी आउनेछ र कारबाही गर्न बाध्य हुनेछ ।’
२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमै मृत अवस्थमा भेटिएकी थिइन् । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend