काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कूटनीतिक रूपमा सरकार असफल भएको आरोप लगाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा सरकार कूटनीतिक रूपमा असफल भएको देखिएको बताएका हुन् ।
सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्या भोगिरहनुपरेको उनले बताए । ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले गरेको न्यायको आन्दोलनमा जुन अपमानजनक, अमानवीय व्यवहार गरियो । यसले सिंगै नेपाल र नेपालीमाथि धावा बोलेको छ,’ सांसद सापकोटाले भने, ‘सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्याको सामना गरिरहनुपरेको छ ।’
उनले माओवादी संसदीय दलको तर्फबाट घटनाको भर्त्सना गर्दै पीडित नेपालीलाई न्याय दिलाउन तीव्र कूटनीतिक पहलको माग गरे । ‘सरकारले कूटनीतिक पहल गर्न ढिलो गरेको छ । सरकारलाई उच्चस्तरीय राजनीतिक पहलको निम्ति माग गर्न चाहन्छु,’ उनले थपे, ‘घटनाको सत्यतथ्य छानबिनका लागि जोडदार माग गर्दछु ।’
छिमेकी राष्ट्र भारतमा यस्ता घटना पहिले पनि भइरहेको भन्दै सांसद सापकोटाले नेपाली नागरिकको अपमान गर्ने तथा असुरक्षाको भय उत्पन्न गराउन घटनालाई सिंगो सदनले पनि गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend