काठमाडौं – माओवादी सांसद सुदन किरातीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल-जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किरातीले प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् । उनले सभामुख देवराज घिमिरेलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् ।‘
‘केही दिन पहिले प्रधानमन्त्रीसँगको सवाल-जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो, सायद सभामुख महोदयलाई पनि भित्रभित्रै लज्जाबोध भइरहेको होला,’ पूर्वमन्त्रीसमेत रहेका किरातीले भने।
गत आइतबार सांसदहरूले प्रधानमन्त्री केपी ओलीसँग सवाल-जवाफ गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीले जवाफ दिनुको साटो प्रतिप्रश्न गरेका थिए भने सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका थिएनन्।
किरातीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भनेका छन्। किरातीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend