काठमाडौं – भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ । शून्य समयमा बोल्ने अधिकांश सांसदले प्रकृति लम्सालको घटनाले नेपाल र नेपालीको शिर निहुरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रकृति लम्सालको घटनाले स्तब्ध भएको बताए । उनले यो घटनामा परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्टाटस र गृहमन्त्री रमेश लेखकको जवाफ आए पनि यो विषयले नेपालको स्वाभिमान गुमेको बताए । ‘४० किमि टाढा लगेर नेपाली विद्यार्थीलाई छाडियो । मोबाइल लुटियो । नेपालको स्वाभिमानमाथि प्रश्न गरियो । सरकारले के भूमिका खेल्यो रु’ उनले भने ।
रास्वपा सांसद शिशिर खनालले प्रकृति लम्सालको घटनामा न्याय नमिलेसम्म लाग्न सरकारलाई आग्रह गरे । उनले यो घटनापछि नेपालको विश्वविद्यालय बलियो बनाउनुपर्ने ज्ञान सरकारलाई आओस् भन्ने विचार व्यक्त गरे ।
सांसद शान्ति विकले प्रकृति लम्सालको मृत्यु प्रकरणप्रति सरकारको ध्यानाकर्षण गराए । ‘नेपाली विद्यार्थीको सुरक्षाबारे नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन् ।
राप्रपा सांसद विना लामाले भारतको किट विश्वविद्यालयमा अध्ययरत प्रकृति लम्सालको मृत्युको सत्य तथ्य छानबिन गर्न माग गरिन् । नेपाली विद्यार्थीहरुको दमनबारे भारतसँग छलफल गर्नुपर्ने माग गरिन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend