बारा । नेपाल प्रेस यूनियन बारा शाखाले केन्द्रीय सदस्यदेखि मधेश प्रदेश अध्यक्षसमेत गरी ६ जनालाई कारबाहीको सिफारिस गरेको छ ।
प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले मंगलबार प्रेस युनियनको केन्द्रीय अनुशासन समिति र केन्द्रीय समितिलाई कारबाहीको सिफारिस गरेका हुन् ।
नेपाल पत्रकार महासंघको गत मंसिर २८ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरी बिपक्षी उम्मेदवारलाई सघाएको आरोपमा कारबाहीको सिफारिस गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, प्रेस युनियनका मधेश प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, पत्रकार महासंघ मदेश प्रदेशका सदस्य साजिर मंसुर, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष प्रियांका दास, पूर्वउपाध्यक्ष राकेश पाण्डे एवम् उमेद दुबेलाई प्रेस युनियन बारा शाखाबाट कारबाहीको सिफारिस गरिएको प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले बताएका छन् ।
प्रेस युनिय बाराले कारबाहहीको सिफारिस गरेका पसवान, श्रेष्ठ, पाण्डेलगायतले बिगतका निर्वाचनहरुमा युनियनबाट आधिकारीक उम्मेदवार बनेकाहरुलाई बिपक्षी खेमासँग मिलेर पराजित गराउँदै आएका आरोप लाग्दै आएको थियो ।
गएको मंसिर २८ गतेको निर्वाचनमा पत्रकार महासंघ बारा शाखाको अध्यक्षमा युनियन र प्रेस चौतरीबाट साझा उम्मेदवार बनेका श्यामबाबु यादवलाई पराजित गराउन समाजवादी प्रेस संगठनबाट अध्यक्षका उम्मेदवार बनेका रमेश सुवेदीलाई खुलम खुल्ला सहयोग गरेका थिए ।
त्यसैगरी मधेश प्रदेशको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौतारीबाट साझा उम्मेदवार बनेका उपेन्द्र यादवलाई पराजित गराउन यिनीहरुले जयनारायण यादवलाई बागी उम्मेदवार बनाएर बारा र पर्सामा अन्तर्घात गराउन समेत भूमिका खेलेका थिए ।
जयनारायण यादवले बागी उम्मेदवारी दिएपछि नेपाल प्रेस युनियनको केन्द्रीय अनुशासन समितिले उनलाई ४ बर्षका लागि निलम्बन समेत गरेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend