काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय प्राविधिक शिक्षाको समय भएको बताएका छन् ।
मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरी तुलसीपुर मेट्रो कलेजरतुलसीपुर बहुप्राविधिक शिक्षालयको सभा हल शिलान्यास गर्दै पोखरेलले जागिर मात्र खाने मनस्थितिको जनशक्ति उत्पादन गरेर अब देश अघि नबढ्ने बताए ।
शिक्षा व्यवस्थाले नयाँ ढङ्गले समस्या समाधान गर्ने तरिका सिकाउनु पर्नेमा जोड दिए । ञजागिर खोज्नकै लागि विदेश भए पनि जाने, अहिले विदेश जाने लहर हाम्रो शिक्षा व्यवस्थाको कमजोरी कारण पनि चलेको छ, अब हामीले त्यो शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्दछ’, पोखरेलले भने ।
अहिले पनि नेपालमा प्राविधिक शिक्षा प्रतिको लगाव बढ्न नसकेको बताउँदै उनले प्राविधिक जनशक्ति तयार नहुँदासम्म देश नबन्ने बताए । ‘देश बनाउने हो भने प्राविधिक शिक्षामा जोड दिनुपर्दछ, जति प्राविधिक जनशक्ति तयार भयो राष्ट्र निर्माणको यात्रा त्यति प्रभाकारी हुन्छ’, पोखरेलले भने ।
प्राविधिक शिक्षामा व्यवहारिक ज्ञान दिनु पर्ने उनको धारणा छ । प्राविधिक पढ्ने विद्यार्थीहरूले पढ्दा पढ्दै कमाउने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिए । प्राविधिक शिक्षालयले उद्यमका काम पनि पढाइसँगै अघि बढाउनु पर्ने पोखरेलले बताए ।
इतिहासको तथ्य आजको पुस्ताले थाहा पाउनु पर्ने बताउँदै पोखरेलले पढ्नको लागि सरकारसँग अनुमति लिने समयबाट आज देश अनिवार्य शिक्षाको अवस्थामा आएको बताए । न्याय कसरी दिनुपर्छ भन्ने सिकाउन, मन्त्रिपरिषद्को निर्णय लेख्न, पढाउने मास्टरको लागि समेत २००७ साल अघिसम्म भारतबाट मानिस झिकाउनु पर्ने स्थिति रहेको उनले सुनाए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend