Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौँडा गोरु तस्करी प्रकरण: प्रहरी चौकी इन्चार्जसहित ३ जना जिल्ला तानिए


    मंगलबार, फाल्गुन ६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – हेटौँडा हुँदै अवैध रूपमा गोरु तस्करी प्रकरणमा हेटौँडा-१५ रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ।

    हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरण छानबिनका लागि इन्चार्ज फुयाँलसहित प्रहरी सहायक हवलदार विपिन कुशवाहा र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले ३ जनालाई छानबिनका लागि जिम्मेवारीबाट हटाएर जिल्ला तानिएको जानकारी दिए।

    गोरु तस्करीमा प्रहरीकै संलग्नताका रहेको आशंकापछि छानबिन गर्न उनीहरूलाई जिल्ला तानिएको उनले बताए। सो विषयमा प्रक्रियागत रूपमा छानबिन भइरहेको उनले जानकारी दिए।

    आइतबार राति चितवनबाट हेटौँडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा.ब्रजकिशोर ठाकुरको पहलमा बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो।

    उक्त घटनामा प्रहरीले नै स्कर्टिङ गरेर तस्करी भइरहेको गोरुसहितको बा. प्र. ०३-००१ ख १४२४ नम्बरको ट्रक रातोमाटे चौकीबाट भगाएर चुरियामाई नाका कटाएको दाबी ठाकुरको छ।

    आइतबार राति ११ बजे गाडी नियन्त्रणमा लिएर मकवानपुर ल्याइएको थियो। छानबिन गर्दा गाडीमा २५ वटा जर्सीक्रस गोरु भेटिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार