काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको विवाद समाधान नभए अलग ढंगले अघि बढ्न सकिने बताएका छन् ।
अनेरास्ववियू असन्तुष्ट पक्षले सोमबार काठमाडौँमा आयोजना गरेको भेलामा खनालले अनेरास्ववियूको विवाद समाधानका लागि पार्टीको बैठकमा छलफल गर्ने भन्दै निष्कर्ष निस्कन नसके अलग ढंगले अघि बढ्न सकिने बताएका हुन् ।
असन्तुष्ट पक्षले ब्यानर राखेर भेला आयोजना गरेपछि खनालले तत्कालका लागि ब्यानर हटाउन आग्रह गरेका थिए ।
खनालले अहिले छुट्टै भेला नभई छलफल कार्यक्रम मात्र गर्न सुझाव दिएका थिए । उनले जहाँ जहाँबाट आग्रह पूर्वाग्रह सुरु भएका छन्, त्यसलाई मिलाउने कोसिस गर्ने र मिल्न नसके अलग ढंगले विभिन्न सोचका साथ जान सकिने उल्लेख गरे ।
उनले पार्टीले गलत ढंगले निर्णय गरेर पेल्न खोजे आफू संरक्षकको भूमिकामा रहने आश्वासन असन्तुष्ट पक्षलाई दिए । अहिलेका लागि एकता कायम गर्न हर सम्भव प्रयास गर्ने उनको भनाइ छ । उनले केन्द्रीय कमिटी बैठकसम्म पर्खन आग्रह गर्दै तत्काल समानान्तर कमिटी गठन नगर्न सुझाव दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend