काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताएका छन् । ‘मनास्लु वल्र्ड स्कुल’ले आज आयोजना गरेको कार्यक्रममा सिंहले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताए ।
अहिलेका विकसित देशहरु बन्न पनि वर्षौं लागेको उल्लेख गर्दै मन्त्री सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेकाले चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राखे । अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको उल्लेख गर्दै प्रजातन्त्र प्राप्तिपछि सबै क्षेत्रमा ठूलो परिवर्तन भएको उनको भनाइ थियो ।
मन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरुलाई आग्रह गरे । कडा मेहनत र परिश्रमविना लक्ष्य प्राप्ति गर्न असम्भव रहेकाले विद्यार्थीहरुले अध्ययनमा लगनशील हुनुपर्ने सुझाव दिए । देशमै अवसर भएकाले त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको उनले बताए ।
‘गुणस्तरीय शिक्षा मात्र सबैथोक होइन । सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासनन चाहिन्छ’, उनले भने ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले समाजसेवी अनुराधा कोइराला, नायक राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँलाई सम्मानपत्र पदान गरेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend