Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमारको बिजयी सुरुवात


    सोमबार, फाल्गुन ५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार बिजयी भएको छ।

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर बिजयी सुरूवात गरेको हो ।

    म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

    दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो जितसँगै ४ देशसम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार