Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज


    सोमबार, फाल्गुन ५ २०८१
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज भएका छन् । गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका अर्थमन्त्री पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

    जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको कीर्तिपुर वर्न अस्पतालले जनाएको छ ।

    पोखरा भ्रमण बर्ष उदघाटन समारोहमा बेलुन पडकिए पछि अर्थमन्त्रीसहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य गम्भिर घाइते भएका थिए, स्थानिय गण्डकी अस्पतालमा प्राथमिक उपचार पछि किर्तिपुरस्थित अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो ।

    मेयर आचार्यलाई भने केही दिन अझै अस्पतालमा राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएको अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार