Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकारले प्रधानमन्त्रीलाई सोधेका प्रश्नहरूप्रति सूर्य थापाको आपत्ति


    सोमबार, फाल्गुन ५ २०८१
    865
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेका सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

    सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मिडिया व्यवस्थापनको विषयमा संघीय संसद सचिवालयले ख्याल गर्नुपर्ने बताएका हुन् । ‘मिडिया व्यवस्थापन यो संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रुपमा जोडिएको छ’ सांसद थापाले भने ।

    पत्रकारले सोध्ने प्रश्नहरु संविधान र कानुन अनुकुल हुनुपर्ने उनको बताए । आफूले यस्तो भोग्दै आएको र सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आरोपित गर्ने गरी प्रश्न सोधिएको भनेर उनले सदनको ध्यानाकर्षण गरेका हुन् ।

    प्रधानमन्त्र केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमबाट बाहिरिनेक्रममा संसद् भवन परिसरमा सोधिएका प्रश्नहरूप्रति सांसद थापाले आपत्ति जनाएका हुन् ।

    ‘प्रधानमन्त्री ज्यु यहाँको प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो ? भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ?’ थापाको प्रश्न छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार